Tuesday, July 14, 2015

कलाकारितामा आफ्नु पहिचान बनाउन खोज्दै युनिका बस्नेत

 दोलखा -चरिकोट  मा जन्मियर नेपाली कलाकरिता मा हुमियकी युनिका बस्नेत केही  मिउजिक भिडीयो हरु  मा अभिनय गरीसकेकी छिन्/ सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल युनिका बस्नेत  पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन  । स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । काठमाडौंमा बसेर पढाई संगै  मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु  बाबा को  समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’



 अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत युनिका को  मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने युनिका को  धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल युनिका ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो ।





No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत