Wednesday, February 22, 2017

सरकारले घोषणा गरेको चुनाबको औचित्य नरहेको विप्लब माओबादीको प्रतिक्रिया , चुनाबको भ्रममा नपर्न आग्रह

     
सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाब घोषणा गरे लगत्तै रोल्पाको थवाङमा महाधिबेशन गरिरहेको नेकपा (माओवादी) का महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ ले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै उक्त चुनाबको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् l पार्टी महाधिबेशनबाट पार्टीको नाम परिबर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी राखेकै भएपनि सोही दिन नेकपा (माओवादी) का नाममा जारी गरिएको बिज्ञप्तिमा “संसदीय व्यबस्थाप्रति जनताको असहमति र जनसत्ता संचालन भैरहेको सन्दर्भमा यो चुनाबको कुनै औचित्य नरहेको उल्लेख गरिएको छ l
पार्टीको आठौ महाधिवेशनका लागी रोल्पाको थवाङमा रहेका विप्लवले आफ्नो बिज्ञप्तिमा देशभर आफ्नो जनसत्ता रहेकाले सरकारद्वारा घोषणा गरिएको स्थानिय तहको चुनाबको औचित्य नरहेको बताएपनि सो चुनाबको प्रतिरोध गर्ने वा सशक्त प्रतिबाद गर्ने भन्ने बारे स्पस्ट केही खुलाएका छैनन् l तर उनले बिज्ञप्तिमा सरकारद्वारा घोषित स्थानीय तहको चुनाबको सशक्त प्रतिबाद गर्ने घुमाउरो पारामा बताएका छन् l उनले बिज्ञप्तिमा “जनयुद्धको मर्म बिपरित संसदिय ब्यबस्था लादिएकाले आफुहरुले नेपालमा जनसत्ता पुनर्संगठित र परिचालित गरिएको” उल्लेख गर्दै उनले बिज्ञप्तिमार्फत नेपाली जनतालाई सो चुनाबको बारेमा भ्रममा नपर्न र नया जनसत्ता संचालनलाई ध्यान दिन आब्हान पनि गरेका छन् l

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत