Wednesday, February 22, 2017

पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव : नेतृत्वका लागी अनेरास्ववियूभित्र कुटाकुट, नेविसंघमा हात हालाहाल


२८ माघ २०७३ 
 स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब नजिकिंदै जाँदा स्ववियुमा आफ्नो संगठनका तर्फबाट कसले नेतृत्व गर्ने भन्ने बिषयमा हरेक बिद्यार्थी संगठनभित्र रहेका गुट-उपगुटबीच तिब्ररुपमा अन्तरसंघर्ष चल्न शुरु भएको छ l चुनाब जित्नका लागि आफ्नै संगठनभित्र एकताबद्ध भएर स्ववियु चुनाब लड्नुपर्नेमा चुनाबमा जाने नेतृत्वका लागि केही बिद्यार्थी संगठनभित्र उत्पन्न भएको बिबाद कुटाकुटमा परिणत भएको छ l

यता मुलुककै सबैभन्दा ठुलो र धेरै बिद्यार्थी अध्ययन गर्ने अनि हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाबमा संगठनभित्रको कुन गुटले नेतृत्व गर्ने भन्ने बिबाद हुँदा नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी युनियन र नेकपा (एमाले)को भात्री अनेरास्ववियु भित्रै बिहिबार कुटाकुट भएको छ l


बिहिबार बिहान एमाले अखिलका विद्यार्थीहरु नै कुटाकुटमा उत्रँदा ८ जना घाईते भएका छन् । बुधबारदेखि सुरु भएको अनेरास्ववियू भित्रको आपसी किचलो विहीबार कुटाकुटको अवस्थामा पुग्यो । सो कुटाकुटमा परी आठ जना घाईते भएका छन् ।

बुधबार त्रिवि जिल्ला आयोजक कमिटि संयोजक विवेक देवकोटा र पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीबीच भएको विवाद बढ्दै जाँदा विहीबार दुई पक्षबीच झडप नै भएको हो । झपडमा पराजुली समूहका विनय राना, बिमल पौडेल, दिनेश ढुंगाना र सुरज अधिकारी घाईते छन् । उनीहरुको मुख र अनुहारमा पराजुली समूहले हेल्मेटले प्रहार गरे । चारै जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ ।

झडपमा देवकोटा पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन ढुंगाना सामान्य घाईते भए । एमालेको मुख्य दुई गुटको असरले क्याम्पस पनि नराम्ररी प्रभावित छ । देवकोटा केपी ओली पक्षधर हुन् भने पराजुली नेपाल पक्षका हुन् ।

बुधबार बिहान स्याङ्जा पोखरा सम्पर्क कमिटिको भेलाका क्रममा दुई पक्षबीच मनमुटाव भएको हो । सर्वसम्मत रुपमै भेलाको प्रमुख अतिथिमा स्याङ्जा घर भएकै प्रदेश नं. ४ संगठन कमिटि सदस्य नारायण मरासिनीलाई बनाईएको थियो । तर एमाले प्रमुख सचेतक भानुभक्त ढकाल कार्यक्रम बीचमै प्रवेश गराईयो र प्रमुख अतिथि बनाईएपछि विवाद सिर्जना भएको त्यहाँ उपस्थिति विद्यार्थी बताउँछन् ।

भेला आयोजक सदस्यहरु र क्याम्पस एकाई संयोजक हैसियतले राजन शर्मा पराजुलीले प्रमुख अतिथि भनेर अर्कोलाई बसाईसकेको अवस्थामा ढकाललाई त्यहाँ पु¥याउनु नै गलत भएको भन्दै विरोध जनाएका थिए । ‘पार्टी सचेतक पक्कै पनि भेलामा आउनु राम्रो कुरा हो l तर अर्को व्यक्तिलाई प्रमुख अतिथि भनेर आसिन गराईंरहँदा भेला सकिन आधा घण्टा बाँकी हुँदा अरुलाई प्रमुख अतिथि बनाईएमा मरासिनीप्रति अन्याय हुन्छ कि हुन्न ?’ पराजुलीले भने– ‘त्यसैले सर्वसम्मत भएको यस्तो कार्यक्रमलाई खत्तम पार्ने गरी उहाँहरु उद्दत हुनुहुन्छ । हामीले वास्ताविकता मात्र बताउन खोज्यौं । अश्लिल गालीगलौजमा उत्रनुभो ।’ विवाद बढ्दै गएपछि विवेक देवकोटाले पराजुलीमाथि आमा मुछेर अश्लिल गालीगलौज गरेको पराजुलीको आरोप छ । घटनापछि पृथ्वीनारायण क्याम्पस एकाई कमिटिको नाममा संगठन अनुशासन कमिटि र पार्टीलाई बोधार्थ पठाएर प्रेस विज्ञप्ती पनि जारी भयो ।

क्याम्पसमा अनेरास्ववियू इकाई कमिटिबीचको विवाद नयाँ भने होईन । गत मंसिरमै आयोजक कमिटि गठन गरी सर्वसम्मत रुपमा राजन शर्मा पराजुलीलाई नै संयोजक बनाईएको थियो ।



देवकोटाले आफूले ‘भाते’ भन्ने शब्द प्रयोग गरेको स्विकार गरे । उनले आपसी सहमतिमै दुवै तर्फबाट भएका कमजोरी स्विकार गरी क्षमा याचना गर्ने बताएका थिए ।

विहीबार अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष शंकर शैंजुले प्रेस विज्ञप्ती फेसबुकमा प्रचार गरेको भन्दै देवकोटा पक्षले पुनः विवाद गरेपछि कुटाकुटको अवस्था उत्पन्न भएको पराजुली पक्षको आरोप छ । अमृत सुवेदीले एक्कासी दिनेश ढुंगानामाथि हात छाडेपछि झडप भएको थियो । बुधबारको घटनामा सचिवालय सदस्य नरेश रोकाया, केन्द्रिय सदस्य आशिर्वाद सुवेदीका साथै पार्टी विद्यार्थी फाँट ईञ्चार्ज दिलिप न्यौपाने प्रत्यक्षदर्शी रहेपनि कुनै पहल नगरेको पराजुली पक्षले गुनासो गरेको छ । घटनापछि पराजुली पक्षले कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएका छन् । क्याम्पसमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित छ ।



यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेविसंघ पृथ्वीनारायण क्याम्पस एकाई सभापति छनौट गर्ने विषयमा विद्यार्थीबीच बिहिबार नै झडपको अवस्था आएको आयो । दुवै पक्षले आफ्नो हुनुपर्ने जिकिर गरेपछि बिहीबार दिउँसो झडपकै अवस्था आएको हो । पटकपटक हात हालाहालको अवस्था उत्पन्न भएको थियो ।


क्याम्पस गेट नजिकै एक होटलभित्र र बाहिर दुई पक्ष विवादमा उत्रेका हुन् । देउवा पक्षका नेविसंघ केन्द्रिय सदस्यहरु देवकृष्ण पराजुली, गोपाल गुरुङ सहित भानु ढकाल क्याम्पस गेट पुगेर एकाई सभापति घोषणा गर्न लागेका बेला बिबाद उत्पन्न भै तनाव भएको थियो । पछिल्लो पटक कार्यबाहक सभापति समेत बनेका बालकृष्ण सापकोटा, दिनेश शर्मा लगायतले विधिसम्मत् ढंगले सभापति चुनिनुपर्ने अडान लिएपछि वातावरण असहज बनेको थियो । सापकोटा रामचन्द्र पौडेल पक्षधर हुन् ।

केन्द्रिय सदस्यहरु ढकाल, पराजुली, गुरुङ र पुनम भट्टले निर्णय गरेर क्याम्पस एकाई सभापतिमा दिपक शर्मा वाग्लेलाई चयन गरेको जानकारी गराएका थिए । क्याम्पस गेटमा एक कार्यक्रमबीच नै वाग्लेलाई सभापतिको जिम्मेवारी दिईएको पत्र हस्तान्तरण गरिएको थियो ।





No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत