Monday, January 4, 2016

नेपालि कांग्रेश नया नेत्रित्तोमा जादै

युवा नेता हिरामणि अधिकारीले नगर समितिको सभापति पदमा उमेद्वारी

चितवन,

         चितवनका युवा नेता हिरामणि अधिकारीले एक प्रेश सम्मेलन गरि आफु चितवनको नगर समितिको सभापति पदमा उमेद्वारी दिएको जानकारी गराउदै
यो उमेद्वारी कांग्रेसमा रहको एकलौटी पन र कांग्रेस भित्रका नराम्रा सिस्टम लाइ परिवर्तन गर्नका लागि आफुले जित्नु पर्ने दावी गरका छन् /
चितवनका सम्पूर्ण क्रियासिल युवा र परिवर्तनसिल ब्यक्तित्तो हरुको सहयोग र साथ् आफुले पाएको कुरा पनि जनाउनु भएको छ /
यस आगाडी टोल सुधार समन्यवय समितको सभापतिमा रहेर जिल्लाको,खानेपानी,फोहर, घर जग्गा कर घटाउने उनको ठुलो हातरहेको थियो सबैलाई यौटै सुत्रमा बाँधेर आगाडी लैजाने तेत्रित्तो उहाँमा रहिको पनि पाइन्छ /
अधिकांम्स चितवनका युवा र पुरानो सस्कार कांग्रेस भित्रको टिका प्रथा अन्त्य गर्नको लागि,लागि परेका अग्रज अनुज ले नै हिरामणि लाइ नगर कमिटिको सभापतिमा उठाएको पनि प्रेश सम्लेलानमा जानकारी दिएका थिए /
उहाँ जस्ता क्रियासिल गाउँ,क्षेत्र ,नगर जिल्ला र देशैभरको बिकास त् विस्तारका लागि रास्ट्रियता,लोकतन्त्र र समाजवादको घेरा भित्र रही आगाडी बढेका युवा नेता हिरामणि अधिकारी लाइ सम्मान गर्दै उहाँको बिजयाकालागी सुभकामना दिन चाहन्छौ ,/

Monday, December 14, 2015

नब गायक रोहन जंग कार्कीको आधुनिक गीति संग्रह संजोक एल्बम सार्बजनिक







संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह सार्बजनिक गरियको छ आइतबार एक कार्यक्रमको आयोजना गरि संग्रहको बिमोचन गरियको हो उच्च माध्यमिक बिधालय संघ (हिसान) कास्कीका अदय्क्षा बाबुराम पन्तले संग्रह सार्बजनिक गरे संग्रहमा सुर्य खड्का बिखर्ची , सर्स्वोती श्रेष्ठ 'सरु' पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्या दुवार रचित गित समाबेश गरियको ठुलुन्गले जानकारी दिय/


संजोक्ले म पनि त् जादैछु म घुम्दै जादा कहिले आउ बोलका गीति संग्रहमा समाबेश गरियको छ उक्त गीतहरुमा कलाकार रोहण जंग कार्की उमेश राई संजु लिम्बु पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइको स्वर छ I

Friday, September 4, 2015

डा.गोबिन्द के सि बाँच्न ज़रूरी छ

डा.गोबिन्द के सि बाँच्न ज़रूरी छ

     पछिल्लो समयमा डा.गोबिन्द के सि आफनो शारिरिक अवस्था कमजोर पारेरै भएपनि जनताको नजरमा गान्धि बनेका छन् भने अर्को तिर मेडिकल शिक्षालाइ कालो ब्यापार गर्ने मेडिकल ब्यापारिको घाँटीको हड्डी बनेका छन्

सरकार यतिबेला अन्योलमा छ डा.गोबिन्द के सि का माग पुरा गरे निजि मेडिकल ब्यापार बन्द हुने बन्द हुदा सरकार भित्रैका केहि नेता कर्मचारिको पनि पकेट सुक्ने

यदि माग पुरा नगरे देशका माफिया बिरूद्ध उत्रेका लाखौ चिकित्सक मेडिकल बिध्यार्थि चुपलागेर नबस्ने

सरकार कालो मेडिकल शैक्षिक ब्यापार गर्नेतिर लागोस कि डा.गोबिन्द के सि को पक्षमा लागोस् यो देहोरीको नतीजा के आउला हामि अन्दाज गरेर बस्नु शिवाय केहि छैन ।

बास्तवमा डा. गोबिन्द के सि ले जुन लडाई लडेका छन् त्यो बिल्कुल गलत हो भनेर भन्न सकिदैन मेडिकल शिक्षा जस्तो कुरामा खेलवाड गर्ने काला मेडिकल ब्यापारिसँगको यो लडाई आज गोबिन्द केसि लाइ रातारात साथ दिदै हजारौ जनता सडकमा उर्लेका छन् /

मान्छेको प्राण दिने जस्तो शिक्षालाइ आज सरकारले नाड•्लो बजार जस्तो गल्लि गल्लिमा खोल्ने अनुमति दिदैछ तिनै ब्यापारि हरूलाइ सघाउदै बिरामि मार्ने कारखानाको जलमल गर्दैछ ।

पैसा,पावर,र राजनितिकै भरमा मेडिकल कलेज खोलेर हजारौ बिध्यार्थि लाई गुणस्तरिय क्षिक्षा बाट बन्चित गराउदै पनि छन् मेडिकल ब्यापारि हरू । आजभोलि गाउँ गाउँमा खुलेका सामान्य निजि बिध्यालयका भन्दा पनि न्युन साधन स्रोत मै मेडिकल कलेजहरू संचालनमा छन् त कहि फ्याकल्टी पुग्दैनन् कहि भौतिक पुर्वाधार पर्याप्त छैनन् अनि अस्पतालका बेडहरू रित्तै छन् त्यस्ता कलेज खुलेर एउटा पढ्न चाहने जेहेन्दार बिध्यार्थिको भबिष्यमाथि खेलवाड गरेको छ तर त्यसको परिणाम भोलि बिरामिमा स्वतह पर्न जान्छ ।

छिमेकि कलेज र छिमेकि देशबाट भाडामा फ्याकल्टी मगाएर अनि भाडामा बिरामि मगाएर देखाएकै भरमा काउन्सिलले आफ्नो बैंक खाता भरेर स्विकृत पनि दिएको सुचना नआएका पनि होइनन् ।

कमजोरि सरकारकै हो ।

डा. गोबिन्द केसि पनि नया मेडिकल कलेज खोल्न नदिएर गुणस्तरिय बढ्ने कुरा गर्दैछन् नया मेडिकल कलेजले सरकारका हरेक हरेक नियम र काउन्सिलको मापदण्ड भित्र रहेर साधन स्रोत भौतिक पुर्वाधारहरू पुरा गर्न सकेको खन्डमा नया कलेज खोल्न पाउनु पनि पर्छ खोलेर पनि चिट चोराएकै भरमा कतिपय मेडिकल कलेजहरू आजसम्म पनि चलेकै छन् त कतिपय धरासायिमा छन् कति त बन्द पनि भएका छन् शिक्षाको गुणस्तरिय मेडिकल कलेजले संम्बन्धन पाउनु र नपाउनुमा मात्रै भरपर्दैन संचालित मेडिकल कलेजका बार्षिक नतीजा पनि हेर्न जरूरि छ नतीजा कम आउनुमा कलेजको हात वा स्वयम बिध्यार्थि कै हात छ यो जान्न पनि जरूरि छ ।



आजभोलि भर्ना भएकै भरमा पास भइन्छ भन्ने मेडिकल चिकिल्सक बिध्यार्थिको रहेको छ किनकि मेडिकल कलेजको ब्यबस्थापन पक्ष कमजोर भएकाले पनि हुनसक्छ कतिपय कलेजमा शिक्षक र अभिभावक स्वयम चिट चोराउन संग्लन रहेको खबर पनि सुन्नमा पाइन्छ

भर्खर्कै उदाहरण पनि यहि छ जनकपुरमा परिक्षा लिनै नसक्ने संभावना भएका कारण चितवन अवस्थित चितवन मेडिकल कलेज कैलाशनगरमा उक्त जानकि मेडिकल कलेजको परिक्षा केन्द्र राखिएको थियो टि यु अन्तरगतका कलेज मध्य सि यम सि मात्र राम्रो र कडा भएर भएन सि यम सि जस्तै देशैभरिका कलेजका परिक्षा केन्द्र गुणस्तरिय चिकिल्सक उत्पादन गर्नका निम्ति कडा र निस्पक्ष रहन जरूरि छ ।

गुणस्तरिय क्षिक्षाका लागि नया मेडिकल कलेज लाइ संम्बन्धन दिन हुदैन भनेर लड्दै आएका डा.गोबिन्द केसि होला यो लडाईमा कत्तिको सफलता पाउनेछन् तर संम्बधन प्राप्त गरि संचालनमा रहेका मेडिकल कलेज नै गुणस्तरिय छन् छैनन् भन्ने कुरामा कस्ले चासो दिने ?

देश यतिबेला जातिय द्वन्द र राजनैतिक द्वन्दमा गुज्रिएको अवस्था छ यस्तो बेलामा धमिलो पानिमा माछा मार्नपनि तम्सिएका केहि काला मेडिकल ब्यापारिहरू चोरिको बाटो हुदा संम्बन्धन लिएका छन् केहि लिने दाउमा छन् त केहि संचालनमा रहेका पुराना मेडिकल कलेज १५० सिट लिन धाएका छन् यि सबै यावत कुरालाइ बन्देज लगाएर सरकारले एउटा ठोस,उचित निर्णय लिन नसक्नु नै सरकारकै कमजोरि र दुर्भाग्य हो /

संचालनमा रहेका मेडिकल कलेजको पनि बिध्यार्थि सिट काट्दा त्यो कलेजको पनि क्षति त होला करौडौको लगानिमा खोलिएका मेडिकल कलेज धरासायिमा जानुपनि देशको राजश्वमा पनि कमि आउन सक्छभने उता नया मेडिकल कलेजलाइ पनि संम्बन्धन दिनु छ यस्तो अवस्थामा गुणस्तरिय शिक्षाको लागि हो भने संचालनमा रहेका मेडिकल कलेजको केहि बिध्यार्थि सिट घटाएर मापदण्डमा रहेका मेडिकल कलेजलाइ केहि सिट दिदा दुबैतिर पढाइ पनि राम्रो हुने असन्तुष्ट पक्षलाइ पनि केहि राहात मिल्ने थियो

एउटा कक्षामा १५० जना बिध्यार्थि लाइ कोचेर पढाउनु भन्दा दुइवटा सेक्सनमा चलाउदा बिध्यार्थि को पढाइमा थोरै गुणस्तर बढ्ने छ

यदि पुराना संचालित मेडिकल कलेजमा सिट नघटाउने हो भने एउटा कक्षामा १५० जना बिध्यार्थि राखेर पढाउदा के गुणस्तर बढ्ला ?



मेडिकल क्षिक्षा क्षेत्रको गुणस्तरको लागि डा. गोबिन्द केसि ले लडेको लडाई थोरैलाइ बेठिक लागेता पनि थोरैका लागि उत्तमनै लागेको छ मेडिकल क्षिक्षामा बिकृति ब्यापार,राजनैतिक दवाब र पैसाको चलखेल बढेपछि यस्तो कार्य रोक्न र देशमा सक्षम डाक्टर उत्पादन गर्नका निम्ति ज्यानको बाजी राखेर लडेकाछन् देशको लागि हजारौ गोबिन्द केसि जन्मनु पर्छ देशमा रहेको कालो बजारि,भ्रष्ट्रचार,अनियमितता र बिक्रिति बिसंगतिको जालो च्यात्नु पर्छ नेपालको सन्दर्भमा मेडिकल क्षिक्षामा मात्र होइन हरेक क्षेत्र संघ संस्था ,ब्यापार,कार्यलय जुनसुकै ठाउमा पनि भ्रष्ट ब्यक्तिको हाबि रहेको छ गरिब जनताको खुन चुसेर सत्तामा बस्नेहरूकै चलखेलले गर्दा आज मुल नै धमिलो बनेको छ

आज डा. गोबिन्द केसि ले मेडिकल क्षेत्रको कालो ब्यापार र गुणस्तरको लागि जुन लडेका छन् सोहि अनुरूप अन्य क्षेत्रको लागि पनि लड्ने मान्छेको खाँचो छ देशमा

स्वास्थ्य क्षिक्षामा भएको लुट राजनैतिक गन्ध लाइ तत्काल बन्द गरि भ्रष्टचार लुट कालोब्यापार को अन्य गर्नको लागि डा. गोबिन्द केसि बाँच्नु जरूरि छ ।

अनियमित ढंगले मेडिकल कलेजलाइ संबोधन दिनु हुदैन भौतिक पुर्वाधारले थेग्न नसक्ने बिध्यार्थि सिट स्विकृत दिनु हुदैन मेडिकल काउन्सिलको लापरवाही र सरकारको मनपरि तन्त्रलाइ रोक्नको लागि संम्पुण सर्बसाधारणले पनि डा. गोबिन्द केसि को कार्यलाइ सहयोग गर्न जरूरि देखिन्छ /



रामकृष्ण पौडेल अनायास
भरतपुर १३ चितवन

Tuesday, August 18, 2015

मोडलिङमा जम्दै बेबो आचार्य

सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल बेबो पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् ।चितवन मा जन्मिएकी मोडल बेबो मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन् ।
चितवन मै बसेर पढाई संगै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु बाबा को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’ उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् ।











अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत बेबो को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने बेबो धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै मोडल बेबो ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो ।













Thursday, July 23, 2015

लगातर छैठौ हप्तामा ‘टिचर’ हेटौडाको ओम र ओ म्याक्स मा हेटौडामा ५१ दिन मनाउदै अर्को साता

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’ अहिले हेटौडाको ओम हलमा सानदारको साथ छैठौ सातामा प्रर्दशन भईरहेको छ । असार ११ बाट हेटौडाको ओम हलमा प्रदर्शनमा आएको चलचित्रमा दिन प्रतिदिन दर्शकको चाप देखेर निर्देशक शोभित बस्नेत दङग परेका छन् । एउटा हलमा प्रदर्शन गरिएको चलचित्र ‘टिचर’ एक दिनमा ३ सो चलाउदा पनि दर्शक चाप बढे पछि सँगै रहेको ओ म्याक्स समेत प्रदर्शन गरिएको छ ।







प्राप्त जानकारी अनुसार शोभित बस्नेत निर्देशित यो फिल्मले प्रदर्शनको छैठौ हप्तामा सम्ममा पनि उल्लेख्य साथ पाएको छ भने केही शोको त टिकट समेत अग्रिम बुकिङ भैसकेको छ । हेटौंडामा टिचरको क्रेज देखेर निर्देशक शोभित बस्नेत स्वयम् पनि अचम्ममा परेको बताउँछन् । निर्देशक बस्नेतको भनाई को अनुसार ‘भूकम्प बाट दर्शक त्रसित छन भन्ने भ्रम ‘टिचर’ ले चिरेको छ ।’




Tuesday, July 21, 2015

हेटौडामा ५१ दिन मनाउदै १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा ‘टिचर’


छिमेकी जिल्ला मकवानपुरमा सफलता हात पारिरहेको चलचित्र ‘टिचर’ अब चितवन प्रवेश गर्ने भएको छ ।

विद्यार्थी र शिक्षकको मनोविज्ञानमा आधारित सन्देशमुलक चलचित्र ‘टिचर’ यहि साउन १५ गतेबाट नारायणगढको गणेश चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरि प्रदर्शनको बारेमा जानकारी गराएको हो ।

चलचित्रका निर्माता तथा निर्देशक शोभित बस्नेतले हेटौडामा फिल्मले पाएको सफलताले उत्साहित बनाएको भन्दै नारायणगढमा पनि फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिए । उनले हेटौंडामा पाएको सफलता जस्तै चितवनमा पनि पाउनेमा विश्वास व्यक्त गरे । उनले चलचित्र ‘टिचर’लाई हलमा रिलिज गर्ने लक्ष्य नलिएपनि सबैको अनुरोधमा हलमा रिलिज गरेको बताए । तर जुन विश्वास थियो त्यो भन्दा बढि सफलता दिलाएपछि अन्य जिल्लामा समेत रिलिज गर्न लागिएको निर्देशक बस्नेतको भनाई छ ।



टिचर शोभित आफैले निर्माण तथा निर्देशन गरेको फिल्म हो । फिल्ममा शोभितकै छोरी सलिना बस्नेत मुख्य भुमिकामा छिन भने कुशल थापा, भानु प्रताप, सलोन बस्नेत लगायतको अभिनय छ ।
शोभितले टिचरको सफलताले गर्दा नै उनको प्रतिक्षित फिल्म जाउ हिट पोखराको रिलिज अन्यौलमा रहेको प्रस्ट पारे । अब दशै या तिहारको छेकोतिर जाउ हिट पोखरा रिलिज गर्ने उनको योजना छ ।



Sunday, July 19, 2015

नायक -सलोन बस्नेत को फेसबुकमा यक पछि अरको लभ- सब पोस्टर भईरल बन्दै

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो ।
सांनै उमेर बाट चलचित्र क्षेत्रमा राम्रो छबि हासिल गर्न सफल भयका सलोन बस्नेत कहिले होस्टेल फ्लिम मा केटि भनेको Cute हुनु पर्छ Hot त् उसिनेको आलु पनि हुन्छ भनेर भाइरल बन्न सफल भय भने कहिले जय सम्भो रक्सिले कम भो मेरो कानमा त गिटार बज्न थाल्यो भनेर भाइरल भय I
यिउवा पुस्ताका चर्चित  नायक सलोन बस्नेत को लभ- सब  को पोस्टर यतिबेला सबैको  फेसबुक वाल मा देखन सकिन्छ जसबाट था  हुन्छ  लभ- सब आफै मा यौटा हिट फिल्म बने को छ भने सलोन को लागि चुनौती पनि ?यस्तै अर्का नायक फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।  फिल्मका प्रमुख पात्रहरु संयम, सलोन, करिश्मा, शिशिर लगायत फिचरिङ छन ।
फिल्ममा संयमले बोल्न नसक्ने लाटोको भुमिका निभाएका छन भने शिशिर तराई मूलको युवाको भुमिकामा छन । त्रिकोणात्मक प्रेमकथा भनिएको फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतको अभिनय छ । फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।