Thursday, September 18, 2014

प्रहरी टोली दिल्लीमा

नयाँ दिल्ली, आश्विन २ - प्रहरी अनुसन्धान, क्षमता अभिवृद्धि र संयन्त्रगत आधुनिकीकरणका प्रकृयाबारे जानकारी लिन नेपाल प्रहरीको एउटा बिशेष कार्यदल बुधबार दिल्ली आइपुगेको छ ।

भारतको गाजियाबादस्थित केन्दि्रय अनुसन्धान बिभाग, तालिम केन्द्र तथा प्रहरी मुख्यालयमा हुने बिभिन्न चरणका अन्र्तक्रियाहरुमा सहभागी हुने गरी एआइजी सुरेन्द्रबहादुर शाहको नेतृत्वमा प्रहरी टोली दिल्ली आएको छ । टोलीमा नेपाली दुतावासका काउन्सेलर एसएसपी राजेन्द्रमान श्रेष्ठ, एसपी महोशबिक्रम शाह, डीएसपी मनोज केसी र राकेश सिंह रहेका छन् । असोज ८ गतेसम्म दिल्ली तथा कोलकाताका प्रहरी अनुसन्धान निकायमा व्यस्त रहने टोलीले विधी बिज्ञान प्रयोगशालाबारे पनि जानकारी लिने भएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत