संसदमा सभासद दोहोरी (फोटो फिचर)
काठमाडौं, असोज ६ – भदौ १३ गतेदेखि लगातार अवरोध हुँदै आएको व्यवस्थापिक संसद आज पनि अवरुद्ध भएको छ । ११ पटकसम्म अवरुद्ध भएको संसदका अवस्था आज वेग्लै प्रकार थियो ।
सोमबार पनि संसद बैठक स्थगीत हुने भएपछि आज सभासदहरुबीच दोहोरी हेर्ने अवसर मिलेको मिल्यो ।
सभामुख सुवासचन्द नेम्वाङले “माननीय सभासदहरु आजको व्यवस्थापिका संसदको बैठक आरम्भ हुन्छ ।” भनेर सम्बोधन गर्नासाथ एमाओवादीलगायत विपक्षी पार्टीहरु कुर्सीबाट उठेपछि सरकारपक्षिय सभासदहरु “सधैभरि नाटक गर्न पाइदैन हामी पनि बोल्न पाउनु पर्छ” भन्दै भटाभट उठ्न ।
सभामुखले नियमापत्ति बाहेक सदनको प्रकृया विपरित बोल्न नपाउने रुलिङ गरे । त्यसपछि पनि सभासदहरु उठने क्रम नरोकिएपछि सभासद नेम्वाङ सभासदहरुलाई आफनो स्थानमा बसाउन नसकेर हैरान भएका थिए ।
एमाओवादीका नेता गिरीराज मणी पोखरेलले आफूहरुले उठाएको माग सम्बोधन नभएसम्म कुनैपनि विषयमा सत्तापक्षले बोल्न नपाउने धारणा राखेका थिए । प्रतिपक्षि दलले हो हाल्ला गरेपछि सभाध्यक्ष नेम्वागंले विपक्षमा रहेका मधेशी जनअधिकार फोरम नेपालका नेता लालबाबु राउतलाई बोल्नका लागि समय दिएका थिए ।
राउतले बोल्नेक्रममा काँग्रेस र एमालेका कारण समस्या समाधानतरि नगएर झन बल्झिदै गएको आरोप लगाएका थिए । यस्तो आरोप लगाएपछि काँग्रेसका नेता चिनकाजी श्रेष्ठले नियमापत्ति गरेका थिए । सभासद् श्रेष्ठले संसद नै चल्न नदिएपछि काँग्रेस र एमालेको बारेमा यसरी बोल्न नमिल्ने आपत्ति गरेका थिए । त्यसपछि एमाओवादीका पोखरेलले श्रेष्ठले यसरी बीचैमा बोल्नु नियमसंगत नरहेको भन्दै अपत्ति जनाएका थिए । अनि मात्र सभाध्यक्ष नेम्वागंले श्रेष्ठलाई बस्न लगाएका थिए ।
संसदमा को सत्तापक्ष को विपक्षि छुट्याउनै गाह्रो थियो सबैले बोल्नका लागि नै समय माग गरिरहेका थिए । यहाँसम्म कि अर्थ मन्त्री डा.रामशरण महत पनि उठेर बोल्नका लागि समय माग गरेका थिए तर प्रतिपक्षको अवरुद्धका कारण सभाध्यक्ष नेम्वागंले कसैलाई बोल्ने मौका नै दिन सकेनन् ।
संसदको दोहोरी सवालजवाफमा काँगेसका चीनकाजी श्रेष्ठ, एमालेका अग्नी खरेलल र रविन्द अधिकारीलगायत सहभागी भए भने अर्थमन्त्री डा. रामशरण महत बोल्न पालो पर्खेर लामो समय विताएपछि विपक्षीहरुले सदन अवरुद्ध गर्न साथ दिएको भनेर ठट्टाको पात्र बनाए ।
अन्ततः सरकारपक्षिय सभासदहरुलाई बोल्न नदिइ सभामुखले संसद बैठक स्थगीत गरेका थिए ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत