Tuesday, June 16, 2015

उपचारका लागि केपी ओली बैंकक जाँद

२०७२ असार २ गते ८:४६ मा प्रकाशित




२ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने कार्यक्रम रहेको छ ।

चिकित्सकले तीन महिनामा नियमति स्वास्थ्य उपचारका लागि आउनु भनेपनि व्यस्तताका कारण ओली ६ महिनापछि मात्र फलोअपका लागि जान लागेका हुन् । उनले आफ्नो हातको फङगस्को उपचार बैंककमा गर्दै आएका छन् ।

ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य बैंकक जानेछन् ।
copy-onlinekhaber

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत