Thursday, June 18, 2015

कलाकारितामा आफ्नु छुट्टै पहिचान बनाउन सफल नायिका नमिता खड्का

नायिका नमिता खड्का । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही सम्भावना बोकेकी नायिका हुन् उनी । नमिताले नेपाली कलाकारिताको प्रशिक्षण लिएरै यस क्षेत्रमा प्रबेश गरेकी हुन् ।
 मोरङको मधुमल्ला स्थायी घर भई हाल काठमाडौमा बसेर नेपाली चलचित्रमा संघर्ष गरिरहेकी २१ वर्षिया नायिका नमिताले थुप्रै म्युजिक भिडियो, सट मूभि र चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
उनले अभिनय गरेको चलचित्र आवारा र टेण्डर रिलिजको तयारीमा रहेको छ ।






































 अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत नमिता खड्का मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने नमिता को धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल नमिता ले  भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत